सिरहा, ४ फागुन । सखुवा नन्कारकट्टी गाउँपालिका ५ महेशवारीस्थित पासवान टोलमा नमुना बस्ती निर्माण थालिएको छ ।
गाउँपालिकाले यस वर्षदेखि प्रत्येक दलित टोलमा नमुना बस्ती बनाउने योजना अगाडि सारेको हो । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले पासवान टोलमा रहेका १० जनाका लागि नमुना बस्ती बनाउन लागिएको बताए ।
बस्ती निर्माणका लागि २६ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ । नमुना बस्ती निर्माणका लागि स्थानीय घुना पासवानको अध्यक्षतामा समिति निर्मााण गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।
नमुना बस्ती निर्माणपछि पासवान समुदायको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउने निर्माण समितिका अध्यक्ष पासवानले बताए ।
तपाईको प्रतिक्रिया