दलित छात्रवास भवन शिलान्यास

समाचार

5/29/2019

रौतहट, १५ जेठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको सबैभन्दा पुरानो विद्यालय जुद्ध माध्यमिक विद्यालयमा निर्माण हुने दलित छात्रावास भवनको नगर प्रमुख अजय कुमार गुप्ताले बुधबार विहान शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको ९० लाखको लागतमा निर्माण हुने छात्रावास भवनको नगर प्रमुख गुप्ताले विधिवत रुपमा शिलान्यास गरेका हुन् ।

भारत सरकारको सहयोगमा निर्माण कार्य शुरू भएको छात्रवासको भवन अधुरो रहेको बेला नगर प्रमुख गुप्ताको विशेष पहलमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा १० कोठे भवनको निर्माण कार्य शुरू भएको हो ।

९९ लाख ७५ हजार ६४६ लागत स्टीमेट भएको छात्रवासको भवनको निर्माण कार्य असाढ १५ गते भित्र सम्पन्न गर्नु पर्ने छ । विकास प्रति उत्सुकता तथा चासो समेत लिने मेयर गुप्ताले समयमा नै भवन निर्माणको कार्य सम्पन्न गर्नु पर्ने उपभोक्ता समितिलाई निर्देशन समेत दिएका छन् ।

गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी पारदर्शिता कायम गर्नुको साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्न उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण झालाई आग्रह गर्दै मेयर गुप्ताले अनियमितता, स्तरीयता नभएमा कÞानूनी कारबाही समेत गर्ने चेतावनी दिएका छन् ।

शिलान्यास कार्यक्रममा निर्वाचित वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, नागरिक समाजका अगुवाहरु लगायत संचारकर्मीहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ