दलित बालिकाहरुलाई छात्रवृत्ति वितरण

समाचार

12/17/2018

महोत्तरी, २ पुस । महोत्तरीको जलेश्वर तथा मटिहानीमा दलित बालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत एक सय बालिकालाई १ लाख ८९ हजार ३ सय रुपैयाँ वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका संयोजक प्रेम जैरुले बताए ।

मटिहानीमा ३४ जना बालिकालाई मेयर हरिप्रसाद मण्डल, उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, वडाअध्यक्षहरु गणेश प्रसाद साह, आजिद हुसैनलगायतले छात्रवृतिको रकम बालिकाको अभिभावकहरुमार्फत जिम्मा लगाएका हुन् ।

त्यस्तै जलेश्वरमा ६६ जना बालिकालाई संघका अध्यक्ष बिक्रम पासवान, अर्जुन प्रसाद शर्मा, वडाअध्यक्ष बरुण दाहाललगायतका ब्यक्तिले छात्रबृति वितरण गरेका हुन् ।

बालिकाले पाउने छात्रबृति रकम उनीहरुले शैक्षिक सामग्री र ट्युशनमा खर्च गर्ने गरेका हुन ।

छात्रबृति कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बालककेन्द्रित छात्रवृतितर्फ समेत ध्यान दिन संघसंस्थालाई आग्रह गरेका हुन् ।

छात्रवृति पाउने बालिकाहरुको विद्यालयमा नियमित उपस्थिती हुने गरेको बक्ताहरुले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ