विराटनगर, ५ बैशाख । मोरङको बेलबारी नगरपालिकामा दलित संग्रहालय निर्माण भइरहेको छ ।
संग्रहालय निर्माणका लागि नगरपालिकाले ७ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ ।
दलित सुमुदायका धर्म, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको हो ।
संग्रहालयमा दलित समुदायका सीपबाट निर्मित सामग्री तथा दलित समुदायको भेषभुषालगायतका सामग्री राखिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया