विस्ताराको दिल्ली–काठमाडौं उडान सुरु

समाचार

2/13/2020

काठमाडौं, १ फागुन । विस्तारा एयरलाइन्सले दिल्ली र काठमाडौँको लागि आफ्नो दैनिक उडानको सुरू गरेको छ । विस्तारा एयरलाइन्स टाटा समूह र सिंगापुर एयरलइन्सको संयुक्त उद्यम हो ।

उसले भारत बाहिरको पाँचौ अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा काठमाडौं उडान सुरु गरेको हो । 

दिल्लीबाट वस्ताराको उद्घाटन भएको उडानबाट आएका यात्रुहरुलाई काठमाडौँमा स्वागत गरिएको थियो ।
विस्ताराका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले तीन श्रेणी कन्फिगरेसन (व्यवस्थापन) सहितको हवाईजहाज तुरुन्त सेवामा प्रयोग गर्ने बताए ।

विस्ताराको सहज उडान तालिकाले बेन्गालुरु, चेन्नई, हैदरावाद, मुम्बई र पुने सहित भारतका अन्य शहर बाट जान–आउन यात्रुलाई सहज हुने उनले बताए ।

यो हवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेको थियो । अहिले उसले दुबई, बैंकक र कोलोम्बोमा सेवा विस्तार गरेको छ ।

विस्ताराले सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ