देवदहमा राष्ट्रिय काष्ठकला कार्यशाला हुँदै

समाचार

5/21/2019

रुपन्देही, ७ जेठ । देवदह नगरपालिकामा राष्ट्रिय काष्ठकला कार्यशाला हुने भएको छ । देवदह–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र बुद्ध सामूदायिक वन उपभोक्ता समूह देवदह ५ र ६, रुपन्देहीको आयोजना, ड्रिम देवदह युनिटी फर चेन्जको प्रबद्र्धन र देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितिको मुख्य संरक्षणमा काष्ठकला कार्यशाला हुने भएको हो ।

देवदहका पार्कहरु काष्ठकला, मूर्तिकला, कलात्मक बिम्ब, प्राचीन कोलीय सभ्यता झल्किने स्मारकहरु स्थापित गर्ने र देशका मुख्य मूर्तिकारहरुलाई देवहमा निमन्त्रणा गरी काठमा मूर्तिकला, कलात्मक बिम्बहरु निर्माण हुनेछन् ।

जेठ ८ गते देखि १६ गतेसम्म हुने राष्ट्रिय काष्ठकलाबारे आयोजकले मंगलबार देवदहमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

कार्यशालाले देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्ने विश्वास गरिएको छ । विश्वशान्तिका अग्रदूत भगवान गौतमबुद्धको मावली र ससुराली मानिने देवदहमा हुने कार्यशालाको आयोजना गर्न करिब २० लाख खर्च हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ