भारत–पाकिस्तान द्वन्द्वमा नेपालको चासो

समाचार

1/31/2020

काठमाडौं, १७ माघ । भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपालले चासो देखाएको छ । दुई देशबीचको मध्यस्तताको लागि नेपाल सरकारले प्रस्ताव गरेको हो ।

दुई देशबीच संवादबाट मुद्दा समाधान गर्नुपर्ने भन्दै यसका लागि नेपाल तयार रहेको बताइएको हो । ‘समस्या समाधानका लागि संवाद नै सबैभनदा उपयुक्त उपाय हो ।

भिन्नता होला तर त्यो संवादबाट समाधान हुन सक्छ । यदी आवस्यक भएमा हामी मध्यस्तताको भुमिका निर्वाह गर्न सक्छौँ,’ नेपाल सरकारका अधिकारीले बताएका छन् । 

भारतीय मिडिया आउटलुकले यस्तो समाचार लेखेको हो । जहाँ नेपाल सरकारको स्रोतको हवाला दिँदै आउटलुकले समाचार लेखेको हो । समाचार अनुसार दुई देशबीच संवादबाटै मुद्दा समाधान गर्नुपर्ने नेपाल सरकारले जनाएको हो । 

स्रोतले भनेको छ, ‘हामी सहायक बन्न सक्छौँ । तर दुई पक्ष प्रत्यक्ष संवादमा बस्नु नै उपयुक्त हुन्छ ।’ भारतले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्तता खोसेपछि पाकिस्तानसँग दुश्मनी थप बढ्दोछ । 

कश्मीरमा भारतीय केन्द्र सरकारको गतिविधिको विरोध गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय मध्यस्तताको खाँजो रहेको बताउँदै आएको छ । दक्षिण एसियाली मुलुकहरुको गठबन्धन सार्क सम्मेलन तीन वर्षदेखि बस्न सकेको छैन । भारतले सम्मेलनमा बस्न अस्वीकार गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ