देशको समृद्धि कृषिमै निर्भर छ : कृषिमन्त्री

समाचार

3/17/2019

राम नारायण पंडित, सिरहा, २ चैत । प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका ९ धुर्मीबजार स्थित शिवशक्ति कृषि सहकारी संस्था लि. को सातौं साधारण सभाको शनिवार उद्घाटन गर्दै मन्त्रि साहले संघिय सरकारले देश कृषिप्रधान रहेको भन्दै आएपनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाए ।

उनले भने, “मुलुक कृषि प्रधान देश हो भन्दै प्रचार गर्ने वाहेक संघिय सरकारले केही गरेन’, ‘अव प्रदेश सरकारले साँच्चै नै किसानका पक्षमा काम गर्छ, उनले थपे, अव किसान युग सुरु हुदैछ, प्रदेश मात्र नभई देशको समृद्धि कृषिमै निर्भर छ ।”

देशको ६५ प्रतिशत र प्रदेश २ को ८५ प्रतिशत नागरिक कृषिमा निर्भर रहेको भन्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै प्राविधिक कृषि विकासको लागि प्रदेश सरकार हर सम्भव प्रयास गरिरहेको स्पष्ट गरे ।

अगामी वर्षमा प्रदेशको हरेक पालिकामा कृषि औजारको व्यवस्थापन गर्न लागेको जानकारी दिदै मन्त्री साहले कृषिको लागि आवश्यक पर्ने पानी, विजुली, मलखाध, उन्नत विउ, कृषि सडक, कृषि औजारलगायतका सम्पूर्ण सामग्री सरकारले उपलब्ध गराउने तयारीमा रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ