काठमाडौं, ७ पुस । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले दुई तिहाईको सरकार देशको सीमा मिचिएको बिषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् ।
भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै सचेतक भुषालले नेपाली सीमा भारतले मिचेको बिषयमा लामो समयसम्म पनि मौन रहनु र मन्त्रिपरिषद्को वैठकबाट कुनै निर्णय लिन नसक्नु रहस्यको बिषय भएको बताएकी हुन् ।
सचेतक भुषालले नेपालको बिदेश नीति सत्तामा बस्न र निजी स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै विदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
तपाईको प्रतिक्रिया