बर्दिया, २० फागुन । बर्दियाको बढैयाताल गाउँपालिका डाफेँ जमुनीस्थित संवेदनशील दशगजा क्षेत्रमा नेपाल–भारत संयुक्त सुरक्षागस्ती गरिएको छ ।
प्रहरीचौकी जमुनी, इलाका प्रहरी कार्यालय धनौली बाँके र भारतीय सीमा सुरक्षावल (एसएसवी) को संयुक्त गस्ती टोलीले पिलर नम्बर ४१ देखि ४७ सम्मको संवेदनशील दशगजा क्षेत्रमा गस्ती गरेको हो ।
बर्दियाबाट ५, बाँकेबाट ४ र भारतीय सुरक्षाबलका ५ जना गरी १४ जनाको संयुक्त टोलीले सीमावर्ती क्षेत्रमा गस्ती गरेको जिल्लाप्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
तपाईको प्रतिक्रिया