कपिलवस्तु, २३ माघ । बुद्धभूमि नगरपालिकाको दोस्रो मेयर कप खेलकुद प्रतियोगिताको सूरुवात भएको छ । इमिलियाको खेल मैदानमा भएको कार्यक्रममा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सिटी फुकेर खेलको उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै श्रेष्ठले खेलकुदको विकासका लागि नगरपालिकाले योजना बनाइरहेको बताए । आगामी वर्षमा थप बजेट र प्रतियोगिताहरु नगरपालिकाले संचालन गर्ने बताए ।
खेलकुद र अनुशासन कायम गर्नको लागी विद्यालय र शिक्षकहरुको दाहित्व रहने हुंदा विद्यालयमा नियमित रुपमा खेलकुद र अत्तिरित्त क्रियाकलापहरु गर्नु पर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया