काठमाडौं, १३ मंसिर । कञ्चनपुरको महाकाली यातायात समितिका बस छिट्टै भारतको देहरादुनसम्म सञ्चालनमा आउने भएका छन् ।
यात्रुको सहजताका लागि समितिलाईसरकारबाट बाटो इजाजत प्राप्त भएको छ । नेपाल–भारतमैत्री बस सेवाअन्तर्गत उक्त सेवा सञ्चालन गर्न सम्झौता भएको हो ।
सम्झौताअनुसार दैनिक एक महाकाली समितिको र एक उत्तराखण्ड परिवहन निगमका गरी दुई बस सञ्चालनमा आउने बताइएको छ ।
३९२ किलोमिटर दूरीमा रहेको देहरादुन बस सेवा सञ्चालनसँगै यात्रुलाई सहजता थपिने समितिको बताइएको छ । यसअघि समितिकै पहलमा भीमदत्तगर–नयाँ दिल्ली बस सञ्चालन गरिएको थियो । हाल भीमदत्तनगरबाट भारतको राजधानी दिल्ली दैनिक तीन वटा बस सञ्चालनमा रहेको छ ।
तपाईको प्रतिक्रिया