काठमाडौं, २३ माघ । कञ्चनपुरको महेन्द्रनगरदेखि भारत उत्तराखण्डको देहरादुनसम्म यातायात सेवा सुरु भएको छ । पवनदुत बस व्यवसायी कम्पनी कञ्चनपुरले महेन्द्रनगरदेखि देहरादुनसम्म बस सेवा थालेको हो ।
पवनदुत बस व्यवसायी कम्पनीका संचालक डम्बर विष्टले औपचारिक रुपमा बस सेवा विस्तार गरेको जानकारी दिए । ‘यस अघि पवनदुतले महेन्द्रनगर–दिल्लीसम्म यातायात सेवा दिंदै आएको थियो’ उनले भने ‘त्यसलाई विस्तार गरेर अहिले देहरादुनसम्म पनि सिधै बस सेवा विस्तार गरेका हौं ।’
यात्रुको मागलाई ध्यान दिएर महेन्द्रनगरदेखि देहरादुनसम्म सिधै बस सेवा विस्तार गरेको संचालक विष्टले बताए । महेन्द्रनगरदेखि देहरादुनसम्म ४ सय २३ किलोमिटर दुरी रहेको छ । यस दुरीका लागि ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । यस रुटमा एसी डिलक्ससहितको सेवा प्रदान गरिने अध्यक्ष महराले बताए ।
तपाईको प्रतिक्रिया