धनगढी उपमहानगरको बजेट १ अर्ब ५८ करोड

समाचार

6/26/2019

कैलाली, ११ असार । धनगढी उप–महानगरपालिकाले आगामी आव ०७६÷७६ का लागि १ अर्ब ५८ करोड ४ लाख ४८ हजारको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगर प्रमुख नृपबहादुर बडले प्रस्तुत गरेको बजेटमा कुल बजेटमध्ये पुंँजिगततर्फ ८१ करोड ६८ लाख ५ हजार र चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार विनियोजित गरेको छ ।

बजेटको आन्तरिक स्रोतमा आय १७ करोड १८ लाख छ । बित्तीय अनुदान ४३ करोड ३३ लाख छ । प्र

देश सरकारको समपुरक कोष अनुदान १ करोड, बिशेष अनुदान १० करोड र अन्य आय २९ करोड ७ लाख ४८ र नगद मौज्दात ५ करोड ४८ लाख आयको स्रोत रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ