धान उत्पादनमा प्रदेश २ अगाडि

समाचार

12/28/2018

काठमाडौं, १३ पुस । धान उत्पादनमा प्रदेश २ अगाडि देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ मा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

४० लाख १९ हजार ६ हेक्टर क्षेत्रफलमा सो परिमाण बराबरको धान उत्पादन भएको हो । कर्णाली प्रदेशमा भने सबैभन्दा कम १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान फलेको छ ।

कर्णाली प्रदेशमा जम्मा ३८ हजार २ सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

यस्तै, प्रदेश १ मा १२ लाख ३७ हजार ९ सय ५२ मेट्रिक टन, प्रदेश ५ मा ११ लाख ८८ हजार ६ सय ७५ मेट्रिक टन, प्रदेश ३ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन, गण्डकी प्रदेशमा ४ लाख २७ हजार ६ सय ८९ मेट्रिक टन, सुदूपश्चिम प्रदेशमा ६ लाख ५ हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङक छ ।

चालू आर्थिक वर्ष मुलुकभर ५६ लाख १० हजार १० मेट्रिक टन धान उत्पादन भएको छ । यो गत आर्थिक वर्षको भन्दा ४ लाख ५८ हजार ८६ मेट्रिक टनले बढी हो ।

मुलुकभर १४ अर्ब ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको मन्त्रालयले जनाएको छ ।

आवश्यक्ता अनुसार वर्षा हुनु, रसायनिक मलको आपूर्ति बढ्नु, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ७ वटा जोन र ३ सुपरजोनबाट कार्यक्रम संचालन हुनु लगायतका कारण धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ