धान काट्ने यन्त्र प्रदान

समाचार

12/1/2018

मोरङ, १३ मंसिर । पथरीशनिश्चरे नगरपालिका उत्साही साना किसान सहकारी संस्थालाई धान काट्ने यन्त्र प्रदान गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले धान काट्ने यन्त्र सहकारीका अध्यक्ष धनमाया गुरुङलाई हस्तान्तरण गरे । खेत जोत्नसमेत मिल्ने सो यन्त्र १८ हर्स पावरको रहेको छ ।

नगरपालिकाले यसअघि हसन्दह साना किसान संस्थालाई धान काट्ने यन्त्र उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ