ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, १ कार्तिक । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाल र भारत बिच हुने गरेको धार्मिक मैत्री यात्राले दुई देश बिचको सम्बन्ध झनै समुधुर हुने बताएका छन् ।
जानकी मन्दिर जनकपुरधामद्धारा आयोजित स्वमी श्री दिव्यानन्द महराजको स्वागत तथा अभिनन्दन समारोहलाई सम्बोधन गर्दे प्रमुख कायस्थले दुई देशबिच सनातन हिन्दु धर्मको सम्बन्ध अटुट रहेको बताएका छन् । दिव्यानन्द महाराजद्धारा भारतको जगन्नाथ पुरीदेखि नेपालको जनकपुरधाम हुँदै काठमाण्डौको पशुपतिनाथ मन्दिरसम्म हुन गईरहेको धार्मिक मैत्री यात्राले सनातन धर्मलाई जागृत गर्ने अभियानका रुपमा सदैव स्मरणीय रहने उनले बताए ।
साथै उनले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहसँग जनकपुरधामलाई उत्कृष्ट धार्मिक तथा पर्यटकिय नगरी बनाउन आवश्यक सहयोगका लागि प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
स्वामी दिव्यानन्द महाराज भारतको जगन्नाथ मन्दिर सिँहद्धारबाट जनकपुरधाम हुँदै काठमाण्डौको पशुपतिनाथ मन्दिरसम्मको मैत्री यात्रा गर्ने सिलसिलामा जनकपुरधाममा जानकी मन्दिरका महन्थले स्वागत तथा अभिनन्दन गरेका छन् । साथै आउँदो बिवाहपञ्चमी महोत्सवमा करीब सात सय जयन्ती लिएर जनकपुरधाम आउने जानकारी समेत गराएका छन् ।
कार्यक्रममा स्वामी श्री दिव्यानन्द महराज लगायत उनका शिष्य शँकर शरण परिदा, मनोज त्रिपाठी र परेश नायकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वमी दिव्यानन्दले दुई देश बिचको धार्मिक सम्बन्धलाई पुर्न जागृत गर्न मैत्री यात्रा निकालेको बताए ।
त्यस्तै, भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले यस किसिमको धार्मिक यात्राले धार्मिक, साँस्कृतिक पक्षको विकास हुनुको साथै आर्थिक विकासमा समेत थप टेवा पुर्याउने बिश्वास व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य मेयर लाल किशोर साहले राखेका थिए भने अध्यक्षता जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले गरेका थिए ।
तपाईको प्रतिक्रिया