रुपेन्द्र पटेल, रौतहट, ६ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ बेतौनाका रुपेश खड्का विगत ११ महिनादेखि सम्पर्क विहिन भएका छन् ।
अढाइ बर्ष पहिले काठमाण्डौ स्थित कन्काइ मेनपावरबाट वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा सेक्युरीटी गार्डमा काम गर्न गएका थिए ।
मासिक रुपमा घरमा पैसा पठाउँदै आएका र नियमित परिवारको सम्पर्कमा रहेका रुपेश ११ महिनादेखी सम्पर्कमा नआएको उनका बाबु रामजी खड्काले बताएका छन् ।
२३ बर्षका छोराले फोन नगरेको ११ महिना भएपछि उनकी आमा सानु खड्का पिरले मर्न लागेको बाबु रामजी खड्काले बताए । कमाउन मलेसिया गएका रुपेश एकाएक बेपत्ता भएपछि मलेसियामा रहेका नेपाली मार्फत खोज्न भनेपनि उनी कसैको सम्पर्कमा नआएको उनका बाबुले बताए ।
मलेसिया स्थित जोरबारु भन्ने ठाउँमा आफुले राम्रै काम पाएको बताउने गरेका रुपेश एक्कासी परिवार तथा आफ्न्तको सम्पर्कमा नआएपछि घरपरिवारमा चिन्तामा परेको छ । रामजी खड्काका ४ छोरा मध्येका कान्छा रुपेशको बारेमा खोजबिन गरी पाउँ भन्दै परिवारका सदस्यले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा निवेदन दिएको भएपनि कहीं कतैबाट केही पत्ता लागेको छैन ।
तपाईको प्रतिक्रिया