इमरान खान, कपिलवस्तु, २८ माघ । मायादेवी गाउँपालिका वडा नं. ३ बहारवासीमा रहेको मुनेश्वर मा.विमा राजेन्द्र प्रसाद यादव र शैलेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
समाजवादी पार्टी निकटको उम्मेदवार यादव र कुर्मीले कांग्रेस निकट उम्मेदवारलार्य हराउँदै दुई गुना बढि मतले विजयी भएका छन् । समाजवादी पार्टी निकटका राजेन्द्र प्रसाद यादले १ सय ७६ मत तथा अर्का उम्मेदवार शैलेन्द्र प्रसाद कुर्मीले १ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिद्वन्दी रहेको नेपाली कांग्रेस निकटका राममिलन पासीले ८९ मत ल्याएका थिए र अर्का उम्मेदवार योगेन्द्र त्रिपाठीले ५४ मत ल्याएका थिए । २ जना महिला सदस्य पहिले नै निर्विरोध भएका थिए ।
२ जना पुरुष सदस्यको लागि चुनाव भएको विद्यालयले जानकारी दिएको छ । सोमवार भएको निर्वाचनमा शैलेन्द्र चौधरी र राजेन्द्र यादव निर्वाचित भएका छन् ।
निर्वाचित सम्पुर्णलाई समाजवादी पार्टीको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले पार्टी भन्दा माथि उठेर काम गर्न अग्रह गरेका छन् । सबै सदस्यहरुको आफ्नो पार्टी भएपनि विद्यालयको लागि सबैले पार्टीभन्दा माथि उठेर शिक्षाको क्षेत्रमा अहम् भुमिका खेल्नको लागि अग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
तपाईको प्रतिक्रिया