सुनसरी, १७ बैशाख । नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा ईनरुवा नगरपालिका–३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
चेत प्रसादले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय सोमबार अगाडि ईटहरी–९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु भनी उक्त रकम लिँदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया