नगरको विकासमा रकम अभाव हुँदैन : राई

समाचार

12/21/2018

दिनेश ठाकुर, बर्दिया, ६ पुस । नेपाल सरकारका सहरी विकासका मन्त्रि मोहम्मद ईस्तियाक राईले अब देशमा कोहि पनि आवास बिहिन नहुने बताएका छन् । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा शहरी सघनको सडक उद्घघाटन गर्न बर्दिया पुगेका मन्त्री राईले सो कुरा बताएका हुन् । राईलेले अब देशमा कसैले पनि आवास बिहिन हुनु नपर्ने बताउँदै अव आर्थिक बर्षमा जनताको घर घरमा जस्तापाता खरिद गर्न सरकारले नै रकमको आयोजना गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाको बिकासमा शहरी विकास मन्त्रालयको अहम भुमिका रहेको र आगामी दिनमा पनि शहरी विकास मन्त्रालयले गुलरियालाई माया गर्ने बिश्वास आफुहरूले लिएको बताए ।

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रि राईले बर्दिया जिल्लालाई बिकासमा कुनै पनि किसिमको कमि हुन नदिने बताए । उनले अहिले सञ्चालनरत रहेको परियोजना अन्तर्गत रकमको अभाव हुन नदिने र आगामी बर्ष त्यसलाई दोब्बर बनाईने प्रतिबद्धता समेत जाहेर गरे । प्रमुख यादवले नगरपालिकाको विकास जनप्रतिनिधिले मात्र गरेर सम्भव नएयकोले नगरको विकासमा सवैले सहयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ