रुपन्देहीे, २ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक प्रकारका डिजिटल प्रादेशिक बसपार्क निर्माण हुने भएको छ ।
त्यसका लागि आवश्यक प्रक्रिया पनि अघि बढेको छ । तिलोत्तमा नगरपालिकाको १३ तीनघुरामा १८ बिघा नदी उकास क्षेत्रमा प्रादेशिक बसपार्क निर्माण गर्न लागिएको हो । नगरपालिकाले भौतिक पूर्वधार मन्त्रालयमा प्रस्ताविक बसपार्कको प्रारम्भिक अवधारणा पेस गरेको छ ।
बसपार्क निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४८ कारोड र प्रदेश सरकारले ३२ करोड लगानी गर्ने गरी प्रस्ताव गरिएको छ । यसका लागि प्रदेश सरकारसँग पहिलो चरणको छलफल भइसकेको छ । चालू आर्थिक वर्षमै नगरपालिकाले एक करोड रकम विनियोजन गरेर डीपीआर तयार गरिएको छ ।
तपाईको प्रतिक्रिया