नगरपालिकाले निःशुल्क सिफारिस दिने

समाचार

3/4/2019

कपिलवस्तु, १५ फागुन । कृष्णनगर नगरपालिकाले कुल पन्द्रह थरिका सिफारिसलाई निशुल्क दिने निर्णय गरेको छ ।

बुधबार बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिका भित्रका नागरिकलाई व्यक्तिगत घटना दर्तामा सहजता प्रदान गर्न निशुल्क सिफारिस दिने नगरकार्यपालिकाबाट निर्णय गरिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी गराउनुभएको छ ।

नगरपालिका भित्रका जनताले सम्बन्धित वडाबाट निशुल्क सिफारिस लिन सक्ने नगरप्रमुख शाहले बताए ।

यो निर्णय संगै कृष्णनगर नगरपालिकालाई प्रदेश मै नमुना नगर बनाउने नगरप्रमुख शाहले उद्घोष गरेका छन् । निशुल्क सिफारिस दिन शुरूआत गर्ने हाम्रो कृष्णनगर नगरपालिका जिल्लामै पहिलो नगरपालिका बनेको उपप्रमुख सबनम खातुनले बताइन् ।

व्यक्तिगत घटना दर्ता गराई नगरपालिकाबाट पाईने सुविधाको फाईदा उठाउन पनि उनले आग्रह गरिन् ।

कृष्णनगर नगरपालिकाले नागरिकता, जन्मदर्ता,मुत्युदर्ता, बसाईसराई, सम्बन्ध विच्छेद , द्वन्द्व पिडित, आपंगता लगायतका वडा र नगरपालिकाबाट दिईने कुल पन्द्रह प्रकारका सिफरिस निशुल्क दिने सुचना प्रत्येक वडामार्फत प्रकाशित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ