नेपालगञ्ज, ३ फागुन । बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो ।
रु ६० लाख लगानीमा अहिले चौराहमा उद्यान निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक उद्यानको रुपमा विस्तार गरिएको हो । चौराहमा फूलबारीसहितको सुन्दरपार्क, बीचमा सालिक, सालिकमा बाघको मूर्ति राखिएको छ । सालिक वरिपरि पानीको फोहोरा छ । राति उद्यानलाई टाढाबाट देख्न सकिने गरी विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ ।
सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले माघ महीनाभित्रै उद्यानको उद्घाटन गर्ने योजना भए पनि केही काम बाँकी रहेकाले केही हप्ता सरेको बताए ।
नगरपालिका प्रमुख लुटबहादुर रावतले उद्यान निर्माणको सबै काम सम्पन्न भएपछि कोहलपुर चौराह रातको समयमा पनि थप सुन्दर देखिने बताए ।
तपाईको प्रतिक्रिया