वीरगञ्ज, ६ जेठ । वीरगञ्ज नगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको उपस्थितीमा एक कार्यक्रमका बीच वीरगञ्जको सरसफाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।
सार्वजनिक निजी तथा साझेदार (पीपीपी)मोडेलमा साउन १ गते देखि लागु हुने गरि महानगरपालिकाले सरसफाईको जिम्मेवारी निजी क्षेत्रलाई दिएको हो ।
थ्रिपी मोडेलअनुसार सरसफाईको जिम्मेवारी पृथ्वीतारा एवम् एनके इन्टरनेशनल जेभिले लिएको हो, दुवै पक्षबीच भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र ठेकेदार कम्पनीको तर्फबाट प्रबन्धनिर्देशक केशव नेपालले हस्ताक्षर गरेका थिए ।
सरसफाईसँग सम्बन्धित चेताना मुलक कार्यहरु असारदेखि उक्त कम्पनीले सुरु गरे पनि आउने साउन १ गते देखि महानगरपालिकाले सरसफाई गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया