लालबकैयाबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन

समाचार

2/13/2020

रौतहट, १ फागुन । रौतहटको लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन संयुक्त अनुगमन टोलीले निर्देशन दिएको छ । 

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको नेतृत्वम गएको संयुक्त अनुगमन टोलीले स्थगलत अनुगमन निरिक्षण पश्चात लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो । 

फतुवा बिजयपुर र गुजरा नगरपालिका अन्तरगत लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म तत्काल गिटी, बोल्डर, बालुवा, मिक्स ग्रेभल नउठाउन प्रमुख जिल्ला अधिकारी घिमिरेले ठेकदार नागेन्द्र साहलाई निर्देशन दिए । 

घिमिरेको निर्देशन गलतै नेपाल प्रहरीका एसपी रबीराज खडका र सशस्त्र प्रहरीका एसपी रबीनराज कर्णजितले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुवानी रोक्न मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएका थिए ।


गुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माणशेवाले ठेक्का लिएको छ । तर सरकारको नीति विपरित नदीकोबीच धारमा ठाँउ–ठाँउमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरी जस्तो ठूला खाडल बनाएकोले घिमिरेले नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ