काठमाडौं, १८ चैत । बारा र पर्सामा आएको हावाहुरीबाट भएको क्षति प्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत उपसभापति निधिले घाइते भएकाहरुले शिघ्रस्वास्थ्य लाभाको कामना गर्दै उद्दार तथा राहतको व्यवस्था तत्काल मिलाउन सरकारसँग पनि आग्रह गरेका छन् ।
आएको हावा हुरीबाट अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । गएराति आएको एक्कासी हावाहुरीले तराईका बारा र पर्सा जिल्लामा बढी क्षति र्पुयाएको छ ।
तपाईको प्रतिक्रिया