धनुषा, २० माघ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले विद्यालय भवन शिलान्यास गरेका छन् ।
जापान सरकारको सहयोगमा धनुषाको नगराइन नगरपालिका–६ लगमास्थित आइतबार वासुदेव राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास गरिएको हो ।
करीब रु एक करोडको लागतमा भवन बन्ने बताइएको छ । शिलान्यास कार्यक्रममा निधिले यस विद्यालयलाई आधुनिक बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
तपाईको प्रतिक्रिया