नेपालका तीन गैडा भारतको जंगलमा अलपत्र

समाचार

12/12/2018

नवलपरासी (पश्चिम), २५ मंसिर । साउनको बाढीमा नारायणी नदिमा बगेर भारतिय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा अलपत्र अबस्थामा रहेका छन् ।

भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने प्रयास गरिए पनि एस एस वी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका छन् ।

लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवालले बताउनु भएको छ ।

भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेख देखका लागि ६ जना कर्मचारी राखेको नेपाल तर्फ आउन रोक लगाएको सुस्ताका स्थानियहरुले बताएका छन् । अहिले नेपाल बाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो भने २ वटा गैडा विहारको सिर्सिया जंगलमा रहेको र एउटा विबादित क्षेत्र सुस्ता नजिकैको भारत तर्फको जंगलमारहेका छन् ।

गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरु संग पहल गर्दा केन्द्रबाट स्विकृति लिएर आउनु भनेर कर्मचारीले गैंडा फिर्ता ल्याउन रोकेको सुस्ता बचाउ अभियानका आजम खाले बताए । खाका अनुसार बन विभाग कर्मचारीको गैर जिम्वारीपुर्णले गर्दा समस्या भएको बताए । हात्ति सहितको टोली सुस्तामै रहेको छ । चितवनबाट अनुगमनका लागि टोली आउन भनिएको भएपनि अहिलेसम्म सुस्ता आएको छैन । टोली आएर थप अधयन गरेपछि गैंडा फर्काउनका लागि पहल गरिने सुस्ता प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक उपेन्द्र यादवले प्रभाव दैनिक लाई बताए ।

गैडाको सुरक्षाका लागि नेपालको तर्फबाट सुस्तामा रहेको शसस्त्र र जनपद प्रहरी खटिरहेको छ । नेपाल सरकारले चिनलाई २ गैडा उपहार दिएपछि भारतले अलि चिढिएको सरोकारवालाहरुले बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ