काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् ।
चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लगि छिमेकी देशहरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे । “नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु ” प्रधानमन्त्री ओलीले भने ।
हरेकदिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको पनि बताए । तिव्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस् । आवश्यकता अनुसार मन्त्रिपरिषद्बाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ” प्रधानमन्त्री ओलीले भने न्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पारे । “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो ” प्रधानमन्त्री ओलीले भने । नेपालका लागि चीनका राजदुत हु यांकी ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया