नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक : सांसद चौधरी

समाचार

6/4/2019

काठमाडौं, २१ जेठ । नेपाल कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा उद्योगी विनोद चौधरीले नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरी ‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फन्डामेन्टल चेन्ज गर्नुपर्ने तर्क गरेका छन् ।

गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत मात्र देखिएको चौधरीले बताए ।

देशमा आएको ठूलो राजनीतिक परिवर्तनले पनि जनतालाई फाइदा हुन नसकेको भन्दै उनले विनियोजन गरिएको विकास खर्च गर्ने क्षमता पनि सरकारमा नदेखिएको टिप्पणी गरे ।

उनले मुलुक राजस्वले चालु खर्च पनि धान्न नसक्ने दुष्चक्रमा फस्दै गएको बताएका छन् । रेमिट्यान्सको रकमका कारण बढेको आयातमा धान्न नसक्ने गरी कर लगाएर सरकार चलिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ