काठमाडौं, ८ पुस । भारतले तेस्रो पक्षले उत्पादन गरेको विद्युत आयात सम्बन्धी व्यवस्थालाई खुकुलो पारेको छ । त्यसैगरी, भारतीय प्रशारणलाई प्रयोग गरेर विद्युत व्यापार गर्न सकिने व्यवस्था समेत गरेको छ ।
भारत सरकारका ऊर्जा मन्त्रालयले जारी गरेको सीमापार विद्युत व्यापार सम्बन्धी नयाँ निर्दे्शिकाले नेपालले उठाउँदै आएको मागको सम्बोधन हुने गरी यस्तो व्यवस्था गरेको हो ।
भारतले जारी गरेको नयाँ निर्देशकाको नयाँ व्यवस्थाले नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापारका लागि समेत ढोका खोल्नेछ । तर जारी नयाँ निर्देशिकाले परियोजना अनुसार भारत सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।
यसअघिको भारतीय निर्दे्शिकामा तेस्रो मुलुकबीच विद्युत आयात वा निर्यातको व्यवस्था गरिएको थिएन, जसका कारण नेपाली विद्युत तेस्रो मुलुक, खासगरी बंगलादेश निर्यात गर्न असम्भवप्राय थियो । तर, नयाँ निर्दे्शिकाले नेपालबाट उत्पादित विजुली भारत हुँदै बंगलादेश पु¥याउने बाटो खोलिदिएको छ ।
यद्यपी, तेस्रो मुलुकबीच हुने व्यापारका लागि भने भारतसँग विद्युत व्यापार सम्झौता हुनुपर्ने व्यवस्था गरेको छ । हाल नेपाल र बंगलादेशको भारतसँग विद्युत व्यापार सम्झौता रहेको छ ।
तपाईको प्रतिक्रिया