काठमाडौं, १३ फागुन । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ अर्थात मार्च १ गते नेपाल आउने भएका छन् ।
पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो । फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो ।
उनी फागुन १८ मा नेपाल आउने र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन् । उमेर हदका कारणले तत्कालीन भारतीय राजदूत मञ्जिभसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश प्राप्त गरी भारत फर्केपछि नेपालमा कार्यवाहक राजदूतको रुपमा अजय कुमारले पदभार सम्हाल्दै आएका छन् ।
सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गरका क्वात्रा पहिला थर्ड सेक्रेटरी र त्यसपछि सेकेन्ड सेक्रेटरी भएपछि सन् १९९३ मा जेनेभा मिसनमा गएका थिए ।
तपाईको प्रतिक्रिया