नेपालको विकासमा भारतीय योगदान विषयक अन्तरक्रिया सम्पन्न

समाचार

2/1/2020

सप्तरी, १८ माघ । नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं युवा सशक्तिकरण संघ नेपाल लालापट्टीको संयुक्त आयोजनामा नेपालको विकासमा भारतीय योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जिला समन्वय समिति सभा कक्षमा अन्तरक्रिया तथा अभियनन्दन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल भारत मैत्री युवा संघ सप्तरी एवं युवा सशक्तिकरण संघ नेपाल, लालापट्टीका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता र प्रदेश २ सामाजिक विकासमन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

यसैगरी, कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखर कुमार सिंहको पनि उपस्थिति रहेको थियो ।

यस्तै, वरिष्ठ अधिवक्ता हिम्मत सिंह, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भू यादव, उपप्रमुख साधना झा, डाकनेश्वरी नगर प्रमुख शिव नारायणण साह, इन्दुदेवी यादव, रूपनी गापाअध्यक्ष हरेराम यादव, तिरहुत गापा उपाध्यक्ष तिर्थमाया मंडल, छिन्नमस्ता गापा अध्यक्ष सूर्यनारायण मंडल, उपाध्यक्ष उशाकुमारी मंडल, सुरूगा नगर उपप्रमुख विन्दा कुमारी, वोदेवर्साइन नगर उपप्रमुख रन्जु कुमारी यादव, राजपा नेपाल सहमहासचिवद्वय जयप्रकाश ठाकुर र गजेन्द्र मंडललगायतको अभिनन्दन तथा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा संघ सलाहकार प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ताले स्वागत मन्तव्य, कार्यपत्र प्रस्तुत वरिष्ठ अधिवक्ता हिम्मत सिंहले गरेका थिए । यस्तै, कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा.अजय कुमारको शुभकामना संदेश सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ