काठमाडौं, १५ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताएका छन् ।
नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उनले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताए ।
नेपालगञ्जबाट भारतको राजधानी दिल्लीका लागि बस सेवा सञ्चालन गर्न नेपाल सरकार र भारतको उत्तर प्रदेश यातायात परिवहन निगमबाट भेरी यातायात प्रालि सूचिकृत भएको छ ।
तपाईको प्रतिक्रिया