नेपालगन्जमा विविध साँस्कृतिक कार्यक्रम गरि ल्होसार मनाइयो

समाचार

12/31/2018

दिनेश ठाकुर, नेपालगन्ज, १५ पुस । गुुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

ल्होसारको उपल्क्षयमासम्पुर्ण तमुहरु आआफना भेषभुुषामा सजिएर गुुम्बा परिसरमा जम्मा भई एकआपसमा शुुभकामना आदानप्रदान गरेका थिए ।

विषेश कार्यक्रमको स्वागत मन्तब्य तमुु ह्युुल छोज धि गुुरुङ्ग राष्ट्रिय परिषद, बाँकेकाका कोषाध्यक्ष बिमला तमुुले गरेका थिए भने तमुु ल्होसारको महत्व प्रकास माथि भिम गुुरुङ्गले गरेका थिए ।

सो ल्होसारको विषेश कार्यक्रमका प्रमुुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले गुुरुङ्गहरुको भेषभुुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिए ।

साथै उहाँले नेपालगन्जको गुुम्बामा बनेको बुद्धको मुर्तिको सहयोगार्थ आफनो एक महिनाको पारिश्रमिक बराबारको ५० हजार चेक हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ