नेपालगञ्ज, ७ पुस । यहि पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने भएको छ ।
एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकादो चोक नजिकै रहेको ३ विगाहा जमिनमा नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ संचालन हुने आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवमा नेपाली गित संगित, कला सांस्कृतिक, भाषा पर्यटन, अध्ययन अनुसन्धान अभिलेखिकरण, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडी बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने मुल उद्देश्यकका साथ कृषि व्यवसायहरु संचालन गर्ने साथमा अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जग्गा जमिनलाई उपयोगमा ल्याई अर्गा्निक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक टिमका संयोजक नन्द बहादुर बुढाले जानकारी गराए ।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्रि परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अन्जली अधिकारी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट दररेट रहेको जानकारी गराउनुभयो जसमा ५० रुपैया र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको जनाए ।
महोत्सवमा ३ सय बढि स्टल रहने छ भने महोत्सवमा कुल ६० लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक बुढाले जानकारी गराए । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।
तपाईको प्रतिक्रिया