काठमाडौं, १५ जेठ । सप्तरी जिल्लामा खाँडो नदीको बहाब निकासका निम्ति नेपाल र भारतीय प्राविधिकको टोलीले संयुक्त रुपमा अनुगमन गरेको छ ।
स्पष्ट धार नरहेको खाँडो नदीलाई नियन्त्रण गर्नका लागि दुबै देशका अधिकारीले निरीक्षण गरेको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख बिष्णुदेव यादवले जानकारी दिए ।
नेपालको तर्फबाट जलस्रोत तथा सिञ्चाई विभागका महानिर्देशक सरिता दबाडी र उपमहानिर्देशक प्रदीपकुमार थापासहितका अधिकारी एवं भारतको तर्फबाट गंगा नदी नियन्त्रण अधिकारी सिकेएन दासको नेतृत्वमा आएका अधिकारीहरुले खाँडो नदीको अनुगमन गरेका हुन् ।
खाँडो नदीका कारण नेपालतर्फको जोखिममा रहेका ठाउँ, बहाब सिधा बनाउने ठाउँहरुको अनुगमन गरिएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख यादवले बताए ।
खाँडो खोलाको नियन्त्रण र व्यवस्थापन गर्ने सहमति अनुसार भारत सरकारले चार बर्षअघि नै खाँडो खोला नियन्त्रण गर्न विस्तृत योजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने जनाएको थियो ।
सन् २०१५ को जनवरीमा पटनामा भएको बैठकमा नेपालका खाँडो खोलाको नियन्त्रण र व्यवस्थापन गर्ने सहमतिअनुसार भारत सरकारले यस्तो सहमति गरे पनि हालसम्म चासो देखाउन सकेको छैन ।
तपाईको प्रतिक्रिया