नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सञ्चारमाध्यम संवेदनशील हुनुपर्ने

समाचार

3/26/2019

काठमाडौं, १२ चैत । नेपाल भारतबीचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

नीति–अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ बनाउनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी वक्ताले दुवै मुलुकका जनताबीचको शदियौँ पुरानो सम्बन्धका साथै दुई देशको कूटनीतिक सम्बन्धलाई असर नपर्ने गरी सञ्चारकर्मीले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक देवप्रकाश त्रिपाठीले दुवै देशको सांस्कृतिक तथा सामाजिक पक्ष एकै किसिमको रहेको विचार व्यक्त गर्दै ती सम्बन्धलाई कायम राखेर दुवै राष्ट्रका सञ्चारकर्मीले दुई देशको आर्थिक वृद्धिका लागि एकापसमा सहकार्य र सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

भारतीय दूतावासका प्रथम सचिव अभिषेक दुवे (प्रेस, सूचना र संस्कृति)ले कूटनीतिक क्षेत्र संवेदनशील भएका कारण दुवै मुलुकको सम्बन्ध सुधार्नका लागि सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पत्रकार डा दीपेश केसीले सञ्चार क्षेत्रले प्रवाह गर्ने गलत सूचनाले दुई देशको कूटनीतिक सम्बन्धमा नकारात्मक असर पर्ने हुँदा सही सूचना दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ