नेपाल–भारतलाई एक अर्काको आवश्यक्ता छ : राजदूत आचार्य

समाचार

1/31/2020

काठमाडौं, १७ माघ । भारतका नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल र भारतका लागि आउने दशक स्वर्णीम हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ सान्दर्भिक रहेको बताएका छन् । विराटनगर आईसीपीको संयुक्त उद्घाटनका क्रममा मोदीले आउने दशक नेपाल र भारतका लागि स्वर्णीम हुने बताएका थिए । 

राजदूत आचार्यले भने, ‘मोदीले भनेको ठिकै हो तर यसका लागि दुवै देश आवश्यक्तअनुसार अगाडि बढनु पर्ने हुन्छ ।’ दुवै देशलाई एक अर्काको आवश्यक्ता रहेको उल्लेख गर्दै आचार्यले भने, ‘बदलिँदो समयअनुसार नेपाल– भारतसम्बन्धलाई नयाँ उचाईमा पु¥याउनु पर्ने जरुरी छ । यस कारण आउने दशक त्यही सन्दर्भमा भनिएको होला ।’ ने्पाल र भारतबीच अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनले यदि स्वर्णीम दशक बनाउने हो भने ती चुनौतीहरुलाई समयमै समाधान गर्नु पर्नेमा जोड दिए । 

बीबीसी नेपाली सेवासँगको कुरामा राजदूत आचार्यले आइपीसीको सञ्चालन, अन्दरदेशीय पाइपलाइन, दुबै देश तर्पm रेल, सडक, अन्रतदेशीय प्रसारण लाइन, राममयण र बुद्ध सर्किट आदि नेपाल–भारत सम्बन्धको आयाम रहेको बताए । तर दुवै देशबीच केही समस्याहरु पनि रहेको उल्लेख गर्दै कतिपय विषयहरु अहिले पनि थाँती रहेकाले तिनीहरुलाई पनि समाधान गर्नुपर्ने उनले बताए । 

‘जस्तो सीमाको समस्या अहिले सिर्जना भएको होइन । यो पुरानो समस्या हो तर समाधान हुनु पर्ने थियो’, उनले भने,‘ कालापानी, सुस्ता लिपुलेकका मुद्दाहरु थाती रहेका विषय हुन। । यी विषयहरु समाधान गर्र्दै जानु पर्छ ।’ उनले सीमाको समाधान वार्ताबाटै टुंगिनुपर्नेमा पनि जोड दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ