नेपाल–भारत पेट्रोलियम बैठक हुने

समाचार

1/9/2020

काठमाडौं, २४ पुस । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ । बैठक पुस २७ र २८ गते नयाँ दिल्लीमा हुने तय भएको छ ।

बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण बिस्तारजस्ता विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा अन्तरदेशीय ग्यास तथा पट्रोलियम पाइपलाइन, हाल सञ्चालनमा आएको डिजेल पाईपलाईनबाट पेट्रोल ढुवानी जस्ता विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ