नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकन बैठकका लागि वार्ता टोली गठन

समाचार

5/31/2019

काठमाडौँ, १७ जेठ । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

वार्ता समितिमा कानुन, वाणिज्य, परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन् । नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकन बैठक जेठ २३ र २४ गते दिल्लीमा हुँदै छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ