काठमाडौं, २४ जेठ । नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकनको तेश्रो बैठक नयाँ दिल्लीमा सुरु भएको छ ।
सन् २००४ मा भएको रेल सेवा सम्झौताको यो तेश्रो बैठक बसेको हो । रेला सेवा सम्झौता भएको डेढ दशकको अवधिमा २००९मा पहिलो र २०१२ मा दोश्रो बैठक बसेको थियो ।
दिल्लीको केन्द्रीय सचिवालय, रायसीना रोडस्थित भारतीय रेल मन्त्रालयमा सुरु भएको द्विपक्षीय बैठकमा मुख्य रुपमा नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समग्र विषयमा समीक्षा हुँदैछ ।
मुख्य रुपमा बल्क कार्गोको आप्रवाहलाई सहज, सरल, द्रूत र मितव्ययी बनाउने विषयमा छलफल हुँदैछ । यसका प्राविधिक विषयमा पनि छलफल हुने बैठकमा सहभागी हुने एक अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया