काठमाडौं, १० चैत । सरकारले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सहसचिव रविशंकर सैंजुको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिए ।
उक्त टोलीले नेपाल र भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा देखिएका समस्या र त्यसमा देखिएका चूनौतीका विषयमा वार्ता गर्नेछ ।
मन्त्रिपरिषद बैठकले भारतीय सरकारी कम्पनी कोनकन रेलवे कर्पोरेशन लि.मार्फत नेपालका लागि रेल खरिद गर्न रेल विभागलाई स्वीकृत समेत दिएको छ ।
तपाईको प्रतिक्रिया