काठमाडौं, ११ फागुन । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस जाँचका लागि सहायताकक्ष राखिएको छ ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त सहायताकक्ष स्थापना गरेका हुन् ।
झुलाघाट नाकाबाट भित्रिनेहरूको स्वास्थ्य परीक्षणका लागि सहायताकक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।
नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायताकक्षमा २ जना स्वास्थ्यकर्मी खटाइएकोछ । कोरोना भाइरसको संक्रमणबारे सचेतना फैलाउन र भारतबाट आउनेको स्वास्थ्य परीक्षणका लागि सहायताकक्ष सञ्चालन गरिएको हो ।
सहायताकक्षले भारतबाट फर्कनेहरूलाई पनि सजिलो हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया