काठमाडौं, २५ माघ । कोरोना भाइरसले चीन र नेपाललाई प्रभावित गर्न थालेदेखि नेपाल–भारत–भुटान सीमा क्षेत्रमा भारत सरकारले सतर्कता अपनाउन थालेको छ ।
नेपाल–भारत सीमानजिक बाघडोगरा एयरपोर्टमा चीनबाट आएका हरेक यात्रीलाई विशेष निरिक्षण शुरु गरिएको छ । बाघडोगरा एयरपोर्टका निदेशक सुब्रमणि पी.ले यात्रीहरूलाई सतर्क रहन एयरपोर्टमा डिस्प्ले बोर्डसमेत लगाएको जानकारी दिए ।
पश्चिम बंगाल सरकारको स्वास्थ्य विभाग दार्जिलिङ इकाई पनि कोरोना भाइरसबारे सतर्क रहेको छ । विशेषगरी नेपाल–भारत सिमा क्षेत्रलगायत वरिपरीका क्षेत्र खोरीबारी, मिरिक, सुखेपोखरी खण्डमा विशेष सतर्कता अपनाइएको छ ।
भाइरस जाँच गर्न नेपाल–भारत सीमा पानी ट्याङ्की, मिरिक र सुके पोखरीमा तीनवटा शिविर राखिएको छ ।
कोरोना भाइरसका विषयमा सिक्किम सरकारले पनि सतर्कता अप्नाएको छ ।
तपाईको प्रतिक्रिया