काठमाडौं, ८ पुस । नेपाल–भारत सिमाना रहेका सिमा स्तम्भलाई थप व्यवस्थित गरिने भएको छ । भारतको विरपुुरमा बसेको नेपाल–भारत फिल्ड सर्वेको संयुुक्त वैठकमा यस विषयमा छलफल भएको हो ।
बैठकमा मोरङ, सुुनसरी तथा झापा जिल्लाको दशगज्जा क्षेत्रमा अतिक्रमण रोक्ने, बिग्रे भत्केको सीमास्तम्भ मर्मत संभार गर्ने तथा सीमा स्तम्भलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको मोरङका प्रमुुख जिल्ला अधिकारी रमेश केशीले बताए ।
यसैगरी हराएका र बिग्रे भत्केको सीमास्तम्भ व्यवस्थित गर्न भइरहेको सीमा स्तम्भ निमार्णको कामलाई तीव्रताकासाथ अघि वढाउने विषयमा समेत छलफल भएको हो ।
बैठकमा नेपालको तर्फवाट मोरङ, सुुनसरी तथा झापा जिल्लाका प्रमुुख जिल्ला अधिकारी, जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुुसन्धानका प्रहरी प्रमुुख, नापी कार्यालयका प्रमुुख, जिल्ला वन डिभिजन कार्यालयका प्रमुुख तथा भारतको सुपौल, अररिया तथा किशनगन्ज जिल्लाका ड्रिसटिक मजिष्टेड तथा भारतीय प्रहरी प्रमुुखको सहभागिता रहेको थियो ।
नेपाल भारतको फिल्ड सर्वे बैठक प्रतेक ६, ६ महिनामा बस्दै आएको छ । अर्को बैठक आगामी जुुनमा विराटनगरमा बस्ने छ ।
तपाईको प्रतिक्रिया