नेपाललाई माया गर्ने भारतीय नेता फर्नान्डेसको निधन

समाचार

1/30/2019

काठमाडौं, १६ माघ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयात्री रहेका भारतीय पूर्वरक्षामन्त्री जर्ज फर्नान्डेसको ८८ वर्षको उमेरमा नयाँदिल्लीमा निधन भएको छ ।

उनी लामो समयदेखि अल्जाइमरका विरामी थिए । उनले भारतका अन्य समाजवादी नेताहरूले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भूमिका निर्वाह गरेका थिए । सोही कारण उनलाई नेपाली लोकतान्त्रिक आन्दोलनका सहयात्रीको उपमा दिइएको छ ।

बीपी कोइरालाका समाजवादी चेलाको रूपमा रहेका उनी नेपाली कांग्रेस निकट रहेर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाएका थिए ।

फर्नान्डेस नेपालको सच्चा मित्र रहेको काँग्रेस नेताहरु स्मरण गर्छन । २०४६ को जनआन्दोलनमा पनि उनले नेपाललाई साथ दिएका थिए । मेलमिलापको नीति लिएर बीपी नेपाल फर्केपछि भारतीय समाजवादी नेताहरूले बीपीलाई सहयोग गरेका थिए ।

काँग्रेसले नेपालमा सशस्त्र कारबाहीको गतिविधि गरिरहँदा उनी हतियार उपलब्ध गराउने जस्ता कार्यमा पनि सहयोगी बनेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ