काठमाडौं, १७ माघ । कोरोनाभाइरसको नयाँ संक्रमणले चीनबाट गरिने यात्रामा प्रभाव पारे पनि नेपाल र चीनबीचका अधिकांश उडान सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन् ।
चीनबाट आउने चिनियाँ वायुसेवाका अधिकांश उडान अझै सञ्चालन भइरहेको त्रिभुवन विमानस्थलका अधिकारीहरूले जनाएका छन् । तर चीनका बेइजिङ र चोङचिङलगायतका शहरमा उडान गर्ने नेपाली वायुसेवा हिमालय एअरलाइन्सले आफ्ना अधिकांश उडान रद्द गरेकोे छ ।
चिनियाँ अधिकारीहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म १७० जनाको ज्यान गइसकेको छ भने ७,७०० भन्दा बढी सङ्क्रमित भइसकेका छन् ।
अध्यागमन विभागका अनुसार जनवरी महिना लागेपछि त्रिभुवन विमानस्थलबाट १२,०४० भन्दा बढी चिनियाँको नेपाल आगमन भएको छ । यो साता मात्रै १,०६५ चिनियाँ त्यो विमानस्थलबाट नेपाल प्रवेश गरेका छन् । तर पछिल्ला दिनमा त्यो सङख्या घट्दो क्रममा छ ।
चीनसँग सडक जोडिएका रसुवा र सिन्धुपाल्चोकका सीमा नाकाबाट भने मानिसको आउजाउ बन्द गरिएको छ ।
तपाईको प्रतिक्रिया