नेपाली चेली मिना भारतीय टेली सिरियल ‘तन्त्र’ मा

समाचार

12/15/2018

काठमाडौं, २८ मंसिर । नेपाली चेली मिना साउद भारतीय टिभी च्यानल कलरको सिरियल तन्त्रमा खेल्दै छिन् ।

कैलालीको टिकापुरमा जन्मिएकी मिना झण्डै ६ बर्षदेखि रेडियो पत्रकारितामा आवद्ध थिइन् । हाल मुम्बईमा तन्त्रको सुटिङमा व्यस्त छिन् ।

नोभेम्बर ३ तारिखबाट प्रशारणमा आएको तन्त्र हरेक सोमबारदेखि शुक्रबार नेपाली समय अनुसार राति पौने ११ बजेदेखि प्रशारण हुँदै आएको छ ।

मिना तन्त्रको सुधामणीको डुब्लीकेटको रुपमा देखा पर्नेछिन् । अहिले सुटिङ चलिरहेकाले केही दिनमै आफ्नो अभिनय देख्न पाउने पनि बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ